भद्रपुर/ नेपालमा प्रतिबन्धित भारतीय आरिएन्स कम्पनीको ५० हजार मुल्य बराबरको आयुर्वेद औषधिसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको गलगलियाबाट भद्रपुर नाकाबाट नेपालतर्फ ल्याउँदै गरहेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले चेकचाँजको क्रममा उक्त भारतीय औषधिसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।  भद्रपुर ३ का बिमला राई, हिमा राई र गोविन्द मेचेलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगुले जनाए । उनीहरुको साथबाट नेपालमा दर्ता नलिएको आरिएन्स कम्पनीको औषधि तथा कस्मेटिक सामान बरामद गरेको इन्सपेक्टर जगेवुले जानकारी दिए । नियन्त्रणमा लिएका तीनै जनाले औषधि र कस्मेटिक सामान घरयाशी प्रयोजनका लागि ल्याएको प्रहरीलाई जनाएको बताइएको छ ।

आवश्यक अनुसंन्धानका लागि उनिहरुलाइ प्रहरी कार्यालय झापा पठाइसकेको प्रहरीले जनाएको छ ।