धरान/आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ ।यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ ।
नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
शहिद दिवसको अवसरमा धरान सरकार प्रमुख तारा सुब्बाले एक बिज्ञप्ति जारी गरि शहिदहरु प्रति श्रदाञ्जली ब्यक्त गरेका छन् ।नेपाललाई सघिय लोकतान्त्रीक गणतन्त्र सम्म ल्याइ सार्वभौम बनाउन शहिदहरुले दिएको बलिदान भुल्न नहुने मेयर सुब्बाले उल्लेख गरेका छन् ।यसै विच धरानमा शहिद दिवसको अवसरमा बिबिध कार्यक्रमहरु भई रहेका छन् ।