सप्तरी/सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–२, स्थित बरही विरपुरमा आइतबार राति ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
सप्तरीको सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरही विरपुरमा को २ त ५५२३ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्थानीय ६५ वर्षीय ठिठर मरिकको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मरिक उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने ट्रयाक्टर र चालकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको जानएको छ ।