खोटाङ/ खोटाङमा एक बालिका मृत फेलापरेकी छन् । रुपाकोट–मझुवागढी नगरपालिका–१० पाथेका निवासी नौमनी राईकी ८ वर्षीया छोरी बिर्सिना राई मृत फेलापरेकी हुन् ।

[caption id="attachment_33203" align="alignleft" width="450"] फायलफाेटाे[/caption]

बिर्सिनाको शव बिहीबार स्थानीय चिमचिमा खोलानजिकैको फेलापरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

घटनामा संलग्न भएको आशंकामा मृतकको नाताले ठूलो बुबाको छोरा पर्ने १६ वर्षीय जीउधन राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि बिहीबारै जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।