विराटनगर/ विराटनगर जेसीजको अध्यक्षमा राजेन्द्र थपलिया चयन भएका छन् । सन २०१८ को लागि थपलियासहित १५ जनाका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।
समितिको बरिष्ठ कार्यकारणी उपाध्यक्षमा सेवक बजगाई, तालिम दिर्नेश प्रदिब दाहाल, कानुनी सल्लाकार सन्तोष आचार्य, कोषाध्यक्ष उज्जवल खरेल, वरिष्ठ उपाध्यक्ष तुलसी निरौला, प्रीतेस दाहाल, महासचिब देवचन्द घिमिरे, उपाध्यक्ष निरज कोइराला, विकास रौनियार, पंकज सापकोटा, जनसम्पर्क अधिकारी केसब बस्नेत, सह–सचिब विज्ञान बस्नेत रहेका छन् ।