'अघिकांश पुरुष महिलाबाट आफू के चाहन्छन्, भन्न हिच्किचाउँछन् । तर, त्यसको अपेक्षा भने राखिरहन्छन् । अपेक्षा पूरा नहुँदा व्यवहार पनि बदलिने गरेका उदाहरण धेरै छन् । जानौँ, के चाहन्छन् पुरुषहरू महिलाबाट : प्रोत्साहन : पुरुषहरू प्रोत्साहनका निकै प्यासी हुन्छन् । आफूले माया गर्ने व्यक्तिले आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरूको इच्छा हुन्छ । त्यस्तै, आफूलाई विश्वास गर्ने पुरुषहरू निकै मन पराउँछन् । महिलाको साथले पुरुषको इच्छाशक्ति नै परिवर्तन गर्न पनि मद्दत पुर्‍याउँछ । सम्मान : पुरुषलाई सम्मान निकै प्यारो लाग्छ । तर, यो कुरा उनीहरू भन्दैनन् । त्यसैले उपयुक्त विषय र समयमा कुरामा सम्मान व्यक्त गर्न नचुक्नुहोस् । प्रशंसा : प्रशंसा पुरुषको पनि प्रिय हुन्छ । तर, झुटो प्रशंसा गर्नाले फाइदा गर्दैन । राम्रो कुराको तारिफले सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । स्वतन्त्रता : स्वतन्त्रता पुरुषलाई निकै प्रिय लाग्छ । यसको अर्थ उनीहरूलाई एक्लै छाडिदिने भन्ने होइन । तर, केही काम आफ्नै खुसीले गर्न चाहन्छन् भने त्यसमा हस्तक्षेप नगर्दा खुसी हुन्छन् । त्यस्तै उनीहरूलाई आफ्ना साथीहरूसँग समय बिताउन दिनुहोस् । साथ : पुरुषहरू महिलाको साथ निकै मन पराउँछन् । उनीहरूलाई प्रिय लाग्ने क्रियाकलापमा महिलाको सहभागिता खोज्छन् । मधुर आवाज : पुरुषहरू महिलाले सुरिलो आवाजमा बोलेको मन पराउँछन् । महिलाको मधुर आवाजले पुरुषलाई प्रभावित पार्न र शान्त बनाउन पनि धेरै मद्दत गर्छ । कदर : आफूले गरेको कामको कदरको अपेक्षा पुरुषको स्वाभाव हो । आफ्नो काममा धन्यवाद मात्रै पाए पनि उनीहरू फुरुंग हुन्छन् ।