उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित लालपत्ताबाट प्रहरीले मंगलबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा ११ बस्ने १९ बर्षिय रुपक चौधरी रहेका छन्। उनलाई प्रहरीले बेलुका ७ बजेतिर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले उनको साथबाट नाईट्रोमेट-१२ गोटी, नाईट्रोशन-४ गोटी र अन्दाजी ५ ग्राम गाँजा बरामद गरेको छ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप अनुसनधान भइरहेको छ।