सुनसरी । सुनसरीको बराह-५ भरौलबाट प्रहरीले मंगलबार ५१ किलो २६० ग्राम गाँजासहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ।
गोप्य सुचनका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजे ५० बर्षिय राम बहादुर राई र उनकै श्रींमती ५२ बर्षिया मतीश्वरी राईको घरबाट उक्त गाँजा बरामद गरेको हो।
प्रहरीले गाँजासहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।