निर्माण व्यवसायी गौचनका हत्यारा पक्राउ
Photo: google
धरान/निर्माण व्यवसायी शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने सुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनमाथि गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान पक्राउ गरेको जानकारी दिएको छ । गौचनलाई गत असोज २३ गते काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।
गौचन हत्याका मूख्य योजनाकार समीरमान सिंह बस्न्यातसहित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । जसमध्ये अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । राणा सेनाका भगौडा हुन् भने पक्राउ परेका गोम्बे पनि सेनाबाटै भागेका थिए ।