झापा । झापाको विर्तामोड नगरपालिका-५ स्थित अन्नपूर्ण चोकमा रहेको खिल बहादुर कार्कीको बिकाश कोल्ड स्टोरमा गएराती चोरी भएको छ।
अपरिचित मानिसहरुले पसलको ताला फोडि नगद २ लाख ५० हाजार, ४ हजार बराबरको रिचार्ज कार्ड र अन्य पेय पदार्थहरु गरी ३ लाख ४३ हजार मुल्य बराबरको चोरी भएको बताइएको छ।
घटनाबारे विहान ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त भएपछी प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।