पानवारी । ताप्लेजुङको सान्थाक्रा–७ मा जन्मेका कृष्णलाल ल्वागुन १३ वर्षको उमेरदेखि सुनचाँदीको गहना बनाउन थालेको अहिले ७४ वर्षको उमेर हुँदासम्म उस्तै सक्रिय भएर काम गरिरहेका छन् । पुख्र्याैली पेशाको रुपमा रहेको उनको सुनचाँदीको गहना बनाउने पेशामा उनी ताप्लेजुङदेखि धरानसम्म आइपुग्दा पनि युवा अवस्थामा जस्तै सक्रिय भएर लागेका छन् ।

धरान–१५ बुढासुब्बा चोकमा रहेको ताप्लेजुङ सान्थाक्रा ज्वेलरी इण्डष्ट्रिज प्रालि हो उनले काम गर्ने आफ्नै ज्वेलर्स । उनले आफु मात्र होइन ३० जना भन्दाबढीलाई रोजगारी समेत दिएका छन् । उनको ज्वेलरीमा काम गरेर न्युनतम २० हजारदेखि ५० हजारसम्म कमाइ गर्ने कालिगढहरु रहेका छन् । ३० जनालाई रोजगारी दिने व्यवसायी भएपनि अन्य कामदार झै उनी विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सुनका विभिन्न डिजाइनका गहनाहरु बनाउन व्यस्त हुन्छन् उनी । दिनभरी एउटै कोठामा बसेर बहुमुल्य धातुमा कला पोख्ने उनी ७४ वर्षको उमेरमा पनि उनको आँखामा उस्तै तेज छ । उनी भन्छन् –‘मसँगै काम गर्ने कति साथीभाइहरु अहिले बृद्ध भएर अशक्त भएका छन, कति त परलोक भइसके तर मलाई यो उमेरसम्म आँखामा चश्मा पनि लगाउनु परेको छैन ।’ सानै उमेरदेखी यहि काममा लागेर होला उनी काम नगरी खालि हात बस्न सक्दैनन् । हुन त काम नगरी ऐस आरामले बस्दा हुने गरी आर्थिक हैसियत छ उनको तर पनि उनलाई काम नगरी बस्न मन लाग्दैन । उनी भन्छन् –‘खालि हात बस्यो भने दिन कटाउन मुस्किल पर्छ, कहाँ जाने के गर्ने ? बरु काम ग¥यो भने साथिभाइसँग भलाकुसारी गर्दै भए पनि दिन बितिहाल्छ ।’ उनका छोरा राजेन्द्र ल्वागुन भन्छन्–‘बुवालाई काम नगर्नु भनेको मान्नुहुन्न अब त वृद्धावस्था भयो आराम गर्नुपर्छ भन्दा पनि उहाँ मान्नुहुन्न सायद शारिरीक अशक्त नभएर होला अझै उस्तै जोस जागर छ उहाँमा ।’ उनका सात भाइ छोरा सबै ज्वेलरी (सुन पसल) व्यवसायमा छन् । उनका ४ भाइ छोरा धरानमा नै छन् भने २ भाई काठमाडौ र एकजना भने दमकमा ज्वेलरी सञ्चालन गरेर बसेका छन् । उनीसँग अहिले कान्छा छोरा राजेन्द्र ल्वागुन छन ज्वेलरीमा । ताप्लेजुङमा हुँदादेखि नै मौलिक तथा साँस्कृतिक गहना बनाउन एकदमै कुशल कालिगढका रुपमा चिनिएका ल्वागुनले ५÷६ सय जना भन्दाबढीलाई काम सिकाएर कालिगढ बनाइसकेको बताउँछन् । उनले भने –‘कति हो कति मेरै छोरा, भतिजा आफन्तहरु नै डेढसय भन्दा बढीलाई सिकाए होला, मेरो पसलमा काम गर्नेहरु पनि चार साढे चार सय जतिलाई सिकाए होला ।’ ‘मैले सिकाएकाहरु अहिले धरान, काठमाडौ, दमक, इटहरी धेरैतिर आफै पसल खोलेर बसेका छन् ।’ उनी त्यस समयमा मौलिक तथा साँस्कृतिक गहनाहरु शिरबन्दी, मारवाडी, चुरा, तिलहरी, ढुंगी, जन्तर, नौगेडी जस्ता गहनाहरु बनाउन माहिर थिए । उनको पुख्र्याैली पेशा नै सुनारे (सुनचाँदीको काम गर्ने) भएकोले आर्थिक रुपमा त्यति धेरै दुःख थिएन । तर पनि उनी सम्झन्छन् –‘त्यसबेला मैले १३ वर्षको उमेरदेखि काम गर्न थालेको हुँ, अहिले जस्तो पढालेखाको जमाना थिएन सानैदेखि काम गर्नुपथ्र्याे ।’ सुनको काम गर्ने भनेपछि दलित नै भएपनि मान मनितो थियो । अहिलेसम्म आफ्नो पेशा व्यवसायबाट सन्तुष्ट रहेका ल्वागुन सफलताको श्रेय भने आफ्नो इमान्दारीतालाई नै दिन्छन् । उतिबेला पनि सुनको काम गर्नेहरुले सुनमा मिसावट गरिदिने, १ नं. सुन भनेर कमसल सुन दिनेहरु थुपै थिए । तर आफु भने इमान्दारीताका साथ काम गरेको हुनाले अहिलेसम्म राम्रै कमाइ गर्न सेकेको बताउछन् उनी । उनी भन्छन् –‘अहिले पनि मैले बनाएका गहनाहरु युके, हङकङ, बुनाइ, अष्ट्रेलिया, बेल्जीयमबाट माग आउने गरेको छ, त्यो माग धान्न सधै मलाई हम्मे हम्मे नै पर्छ । यो सबै इमान्दारीताले गर्दा हो ।’ उनी नयाँ पुस्ताका कालिगढलाई पेशामा इमान्दारी भए पैसा कमाउन धेरैतिर भौतारिनु नपर्ने बताउछन् । ‘निरन्तर यसी पेशामा लागेर आफुलाई निखार्दै लाने हो भने कालिगढ मात्रै गरेर पनि दिनमा २ हजारसम्म कमाउन सकिन्छ ।’