काठमाडौं/ जापान अमेरिका लगायतका देश पठाइदिन्छु भनेर करोडौँ ठगी गर्ने एक जनालाई पहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट थानपती ९ का पारस लोहनी रहेका छन, उनलाई प्रहरीको महानगरीय अपराध महाशा टेकुको टोलीले सोह्र खुट्टेबाट पक्राउ गरेको हो। लोहनीले जापान, पोर्चुगल, अमेरिका जस्ता देशमा पानीजहाजमा आर्कषित तलब हुने भन्दै विभिन्न ३३ जनाबाट ७ देखि ३५ लाख गरी २ करोड ७५ लाख ठगी गरेको अभियोग छ।
पीडितले विदेश पठाइदिन्छु भनेर विदेश नपाठाई लोहनी फरार भएको भन्दै निवेदन दिएको आधारमा उनलाई पक्राउ गरिइको र ठगी मुद्दाअन्तर्गत कारबाही हुने प्रहरीले बताएको छ।