सुनसरी/ सुनसरीको ईटहरीस्थित काबेली होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन।
विशेष सुचनाको आधारमा प्रहरीले ईटहरी उपमहानगरपालिका २० स्थित काबेली होटलबाट तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
जुवाको खालबाट नगद ७६ हजार र चार बुक तास समेत बरामद भएको छ।
यता मोरङको केराबरी गाउँपालिका ७ स्थित खदम खोलास्थित वन क्षेत्रबाट अवैध रुपमा ढुङा गिट्टी निकाल्दै गरेको अवस्थामा एउटा जेसिबि र पाँच वटा ट्याक्टरका चालकलाई सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।