मुम्बई । बितेको वर्ष बलिउडमा सयौं फिल्म प्रदर्शन भए । तीमध्ये कतिपय धेरै हल्ला गरिएका फिल्मले लगानी उठाउने सामथ्र्य राखेनन् । तर केही फिल्म यस्ता पनि आए जसले ४ सय ६८ प्रतिशतसम्म नाफा कमाए । गएको वर्ष सबै भन्दा धेरै कमाउने फिल्मको सूचीमा ‘बाहुबली-२’ रहेको छ जसले ४६८ प्रतिशत नाफा कमाएको थियो । अक्षय कुमारको ट्वाइलेट एक प्रेमकथा पनि अर्को धेरै प्रतिशत नाफा कमाउने चलचित्र बन्यो । उक्त चलचित्रले ४५६ प्रतिशत नाफा गर्‍यो । अक्षय कुमार अभिनित ट्वाइलेट एक प्रेमकथा २४ करोडमा बनेको थियो भने १३३ करोड कमाई गर्न सफल भएको थियो ।   फिल्म रिलिजताका पनि चर्चा नभएको अर्को फिल्म हो फुकरे रिटन्र्स । नयाँ कलाकारहरुले अभिनय गरेको उक्त चलचित्रको बजेट २२ करोड थियो तर, कमाई गर्‍यो ७६ करोड ।