६५ बर्षीय हिरादेवी श्रेष्ठले ६८ बर्षका केयरमान श्रेष्ठलाई शनिबार बेलुकी घर झगडाको क्रममा चिर्पटले हानेर हत्या गरेकी हुन्।
प्रहरी समक्ष हिरादेबीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए। हिरादेवीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
श्रेष्ठको शबलाई पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी छ।