धरान/मापासे खाएर आफूमाथि जाइलागेको आरोपमा एक मजदुरमाथि धरान–१५ को अस्थायी प्रहरी चौकी बरगाछीका इन्चार्जले निर्घात कुटपिट गरेका छन् । [caption id="attachment_66002" align="alignnone" width="1920"] प्रहरीकाे कुटपिटबाट घाइते मजदुर लिम्बू ।[/caption] धरान–८ भोटेपुल बस्दै आएका ५८ वर्षीय बसका सहचालक आइतबहादुर लिम्बूमाथि शुक्रबार राति कुटपिट भएको हो । बरगाछीका इन्चार्ज हवल्दार राजेशकुमार माझीले कुटपिट गरेको आरोप लागेको छ । तर, इन्चार्ज माझीले आउन नमान्दा सामान्य तानेको वडा प्रहरी कार्यालय धरानलाई जानकारी गराएका छन् । यस विषयमा वडाले पनि इन्चार्ज माझीलाई सोधपुछ गरेको छ । मापासे गरेर जाइलाग्न खोजेपछि नियन्त्रण लिने प्रयास गरेको इन्चार्ज माझीले वडामा जानकारी गराएको वडा प्रहरीका इन्चार्ज सई जसकुमार लिम्बूले बताए । यता पीडित भनिएका लिम्बूले हवल्दार माझीले दुईघण्टासम्म कुटपिट गरेर वडा कार्यालयमा बुझाइदिएको आरोप लगाए । पीडित लिम्बूका अनुसार शुक्रबार साढे ७ बजेतिर बरगाछीको एक होटलमा खाजा खाइसकेपछि एक पसलमा गएर कोलगेट किन्न लाग्दा हवल्दार माझीले गोजीबाट छुरी देखायो । उनी पहाडी रुटमा चल्ने गाडीका सह चालक हुन् । ‘प्रहरीले एक्कासी छुरी निकाल्यो, सामान किन्नको लागि छुरी चाहिन्छ भनेर भन्दा प्रहरी विटमा लगेर कुटपिट ग¥यो ।’ उनले भने । इन्चार्ज माझीले गोजीबाट पैसा निकाल्ने क्रममा छुरी निस्किएको स्वीकार गरेका छन् । तर, उनले उक्त छुरी चेकजाँचमा निस्किएको समयमा सभागृहमा तीनजना युवाहरुले प्रहरी देखेपछि फालेर भागेका थिए । त्यही छुरी बोकेको सन्दर्भ केलाउँदै इन्चार्ज माझीले भने, ‘लिम्वु मापासेले लठ्ठिएर मेरो छुरी खोस्यो, त्यसपछि विवाद भयो । छुरी खोस्दा मेरो बर्दी च्यातिएपछि उसलाई प्रहरी विटमा लगेको हो ।’ प्रहरीको कुटाईबाट लिम्बूको शरीरमा निलडाम रहेको छ । हाल उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको टाउँको, अनुहारको भागमा चोट लागेको छ । मजदुर नेता रविन अधिकारीले प्रहरीको ज्यादतीविरुद्ध सडकमा उत्रिने चेतावनी दिए । मजदुर नेताहरुलाईसमेत शनिबार अपरान्ह मात्रै कुटपिट भएको थाहा पाएका थिए । वडा प्रहरीका सई लिम्वूले औषधी उपचारपछि घटनाको वास्तविकता बुझेर अघि बढ्ने बताए ।