शनिश्चरे, मोरङ ।  अंग्रेजी नयाँ वर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमस पर्वका अवसरमा मोरङको पथरीशनिश्चरेमा ‘हिमालयन राजदुत सांगीतिक कार्यक्रम’ हुने भएको छ । पूर्वीमोरङ इसाई युवक संगठनको आयोजनामा पुस १३ गते पथरीको रत्नचोकमा कार्यक्रम हुने कार्यक्रम संयोजक गायक विक्रम राईले शनिवार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । विश्व शान्तिको कामना गर्दै हुने खुला सांगीतिक कार्यक्रममा भारतको दार्जीलिङका र पूर्वीमोरङका इसाई कलाकारहरुको प्रस्तुति रहने संयोजक राईले उल्लेख गरे । कार्यक्रममा इसाई धर्मगुरुहरुले प्रवचन समेत दिनेछन् ।