भद्रपुर/ झापामा वाम गठबन्धन क्लिन स्विप तर्फ अगाडी बढिरहेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाको झापाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले अग्रता लिइरहेको छ । पछिल्लो मत गणना परिणाम अनुसार झापाको निर्वाचन क्षेत्र नं.१ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार सुरेन्द्रकुमार कार्कीले १२ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका विश्व प्रकाश शर्माले ११ हजार ९ सय ९ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं.२ मा बाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला(खरेल) १२ हजार ३१ मत तथा नेपाली कांग्रेसका उद्धव थापाले ८ हजार ८ सय ७७ मतप्राप्त गरेका छन् । क्षेत्र नंं. ३ मा बाम गठबन्धनका राजेन्द्र लिङदेनले १४ हजार ४सय२७ मत तथा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १० हजार २ सय ७२ मत प्राप्त गरेका छन् । क्षेत्र नं. ४ मा बाम गठबन्धनका लालप्रसाद सावाँले १६ हजार २ सय ४९ मत पाएका छन् भने नेपाली कांग्रेसका देउकुमार थेवेले १० हजार १ सय ८९ मत प्राप्त गर्न सफल भएका छन् । क्षेत्र नं. ५ मा बाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओलीले १४हजार ६ सय ८५मत जोड्न सफल भएका छन् भने नेपाली कांग्रेसका डा।खगेन्द्र अधिकारीले ६हजार ३ सय ९१ मत प्राप्त गरेका छन् ।