विराटनगर/मोरङको ६ वटै निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवाहरुले अग्रता लिएका छन् । शुक्रबार रातीसम्मको प्रराम्भिक नतिजा अनुसार प्रतिनिधि सभाको ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन् । काँग्रेसको गढको रुपमा हेरिएको निर्वाचन क्षेत्रमासमेत वामगठबन्धनका उम्मेदवार अगाडी छन् । मोरङको ६ नम्बर क्षेत्रमा प्रभावशाली उम्मेदवार उठेको यस क्षेत्रमा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पण्डित १ हजार ४ सय ५८ मतले अगाडी छन् । पण्डितले १० हजार २ सय ९७ मत ल्याएका छन् भने काँग्रेसका डा. शेखर कोइरालाले ८ हजार ८ सय ३१ मत ल्याएका छन् । त्यसैगरि १ मा एमाले घनश्याम खतिवडा ६ हजार ५ सय ७५ मतले अग्रता कायम गरेका छन् भने काँग्रेसका डिक बहादुर लिम्बुले ६ हजार १ सय ५२ मत ल्याएका छन् । त्यस्तै २ मा एमाले ऋिषिकेस पोखरेल ७ हजार १ सय ४६ मतले अग्रता कायम राखेका छन् भने काँग्रेस डा. मिनेन्द्र रिजालले ६ हजार ७ सय ४ मत ल्याएका छन् । त्यस्तै ३ मा एमाले भानुभक्त ढकाल १३ हजार ३ सय ४१ मतले अग्रता कायम राखेका छन् भने काँग्रेसका डा. सुनिल शर्माले १२ हजार ५ सय ७८ मत ल्याएका छन् । काँग्रेसको गढको रुपमा हेरिएको ४ मा पूर्व अर्थमन्त्रीसमेत रहेका महेश आचार्यलाई माओवादीका युवा नेता अमनलाल मादीले पछि पार्दै आफ्नो अग्रता अगाडी बढाएका छन् । माओवादीका मोदीले ७ हजार ८४ मतले अग्रता कायम राखेका छन् भने काँग्रेसका आचार्यले ५ हजार ४२ मतले पछ्याउँदैछन् । ५ मा माओवादी शिव कुमार मण्डल १ हजार ५ सय २० मतले अग्रता कायम राखेका छन् भने काँग्रेसका अमृत अर्याल १ हजार ३ सय ६५ मत ल्याएर छन् । मधेशी सामुदायका बहुलेता रहेको यस क्षेत्रमा संघिय समाजवादी फोरमका राजकुमार यादवले १ हजार ३५ मतले पछ्याउँदैछन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा पहिलो चरणमा प्रतिनिधि सभा सदस्यको मत गणना गरिसकेपछि प्रदेशतर्फको मत गणना गर्ने मुख्य विर्नाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार प्रत्यके निर्वाचन क्षेत्रको तीन ठाउँदेखि मतदान गणना हुँदै आएको छ । ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ४ लाख ६८ हजार ३ सय ५ मत खसेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका हेमन्त कुमार श्रीवास्तले जानकारी दिए ।