विजयपुर । पत्रिका बेचेर आफ्नो गुजारा चलाउदै आएका धरान ११ का ज्ञान बहादुर माझिको घर निर्माणमा शुक्रबार युवा सघं नेपालले श्रमदान गरेको छ ।
धरानका पत्रकारहरुले माझिको घर बनाउन देउसी खेलेर केही रकम संकलन गरेका थिए । देउसीबाट उठेको रकम र अन्य सहयोगी दाताहरुबाट उठेको रकमबाट ज्ञान बहादुर माझिको घर निर्माण गर्न थालिएको पत्रकार जनकऋषि राईले जानकारी दिए ।
प्रयाप्त बजेट नभएकाले अहिले श्रमदानबाट घर निर्माणको कार्य भई रहेको छ उनले भने ।शारिरीक रुपमा अशक्त रहेका माझिको घर बनाउन शुक्रबार युवा सघं नेपाल धरानका सचिव धिरेन लिम्बुको नेतृत्वमा युवाहरुले श्रमदान गरेका थिए ।
यो सामुहीक योगदानबाट सम्पन्न हुने कार्य हो ,त्यसैले हामीलेपनि यो अभियानमा सघाउन श्रमदान गरेका हौ सचिव लिम्बुले बताए ।
तस्विर उपलब्ध छ ।
क्याबःश्रमदानपछि माझि दम्पती सँग सामुहीक तस्विर खिच्दै पत्रकार र युवा सघंको टोलि ।