तेह्रथुम/ मत पेटीका सदरमुकाममा ल्याउन ढिला भएका कारण तेह्रथुममा आज वेलुकी ७ वजेपछि मात्र मतगणना हुने भएको छ । आठराई र फेदाप गाउँपालिका भित्रका मतपेटीका ल्याउन ढिला हुदा समयमा मतगणना शुरु हुन नसकेको हो । गएराती अवेर सम्म संकलन गरीएका मतपेटीका अहिले सदरमुकाम म्याङलुङ ल्याईदैछ । वेलुकी ५ वजे सम्ममा सवै मतपेटीका सदरमुकाममा ल्याईपुर्‍याईसकीने र सर्वदलीय वैठक वसेर बेलुकी ७ वजे वाट मतगणना शुरु गरीने मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पराजुलीले जानकारी दिए । सवै मतदान केन्द्र सम्म सडक नपुगेको र भएका सडक पनि कच्ची भएकाले मतपेटीका ढुवानीमा समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।