पाँचथर/ प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्र निर्बाचन क्षेत्र रहेको पाँचथरमा बाम गठबन्धनले लोकतान्त्रिक गठबन्धन बिरुद्ध अग्रता बढाउँदै लगेको छ ।

२४०९४ मत गन्दा बाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका वशन्त कुमार नेम्बाङ २७०६ मतान्तरले अघि छन् । नेम्बाङले ११५९२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका भीष्मराज आङलेम्बेले ८८८६ मत प्राप्त गरेका छन् ।