विराटनगर/ सर्वदलिय बैठकपछि मोरङमा आज ११ बजेदेखि मतगणना सुरु भएको छ ।
अहिले मोरङको क्षेत्र नम्बर ३ र ६ को मतगणना सुरु भएको छ । सो निर्वान क्षेत्रको मत गणना तीन ठाउँदेखि सुरु गरिएको मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार केही समयपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत गणना हुने बताए । मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ७२ प्रतिशत मत खसेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकृत हेमन्त श्रीवास्तबले जानकारी दिए । उनका अनुसार मोरङमा ४ लाख ६८ हजार ३ सय ५ मत खसेको छ ।