रासस/ सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए । ट्याक्टरमा रहेका सहचालकले भने हामफालेर ज्यान जोगाएको जनाइएको छ ।