धरान/धरान–१६ स्थित चन्द्र संस्कृत स्कुल परिषरमा अाज बिहान ९ः५५ मिनेटकाे समयमा बम विस्फोट भएको छ । तर, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अज्ञात समूहले बम फालेको बताएको छ । घटनाको पूर्ण विवरण प्राप्त हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।