संखुवासभा/ संखुवासभाको चैनपुर नगरपालिका ९ स्थित त्रिशुलेमा गएराती लिला बहादुर भण्डारीको घरमा आगलागी भएको छ।

आगलागीबाट भण्डारीको फुसको छानो र ढुङ्गा माटोले बनेको दुई तले घरमा अचानक बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा अन्दाजी ७ लाख बराबरको क्षति भएको छ।

आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा राती २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।