अाज राती ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ का जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गत कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिमिल्सेनाले जानकारी दिए । भूकम्पले कुनै भौतिक क्षति पुर्याएको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ।