संखुवासभाको धर्मदेबी नगरपालिका ४ स्थित मुना चौकमा आज बिहान घास काट्ने क्रममा करेण्ट लागेर एक बालक घाईते भएका छन्।

करेण्ट लागेर सोही नगरपालिका बस्ने टंक बस्नेतको १५ बर्षिय छोरा शान्तिराम बस्नेत घाईते भएको अस्थायी प्रहरी चौकी याख्खा चौकले जनाएको छ।

बिहान १० बजे घर नजिकै रहेको पटमेरोको रुखमा चढेर घाँसको डाला काट्ने क्रममा बिजुलीको तारले रुखमा छुदा बालक अचानक भुईमा खसेका थिए।

करेण्ट लागेर भुईमा खसेका बालकको स्थानीय स्वास्थ्य चौकी माम्लिङमा उपचार भईरहेको याख्खा चौकीले जनाएको छ।