ताप्लेजुङ / बिहिबार बेलुकाबाट हुने मतगणनालाई सहज र छिटो बनाउन ताप्लेजुङका राजनितिक दलका प्रतिनिधि र मतगणक कर्मचारीलाई तालीम दिईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा सहभागि आठ दलका ८० जना र करीब ५० जना मतगणक कर्मचारीलाई बुधबार तालिम दिएको हो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले मतगणना प्रकृया, मतगणना टोलि, मतगणनाको नियम, गणना समय लगायतका विषयमा राजनितिक दल र कर्मचारीलाई तालिम दिएका थिए । तालिममा प्रति राजनितिक दल बराबर १० जनाको सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनिहरुलाई मतगणना विषयक ऐन कानुन र कारबाहिका विषयमा पनि जानकारी दिएकाले सुरक्षिक रुपमा मतगणना सम्पन्न हुनेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय विश्वस्थ रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिए । भोलि विहाबार बेलुका ५ बजेबाटै मतगणना हुने र मतगणनाको समयमा राजनितीक दल र मतगणकलाई अन्योलता नहोस भनेर तालिमको व्यवस्था गरीएको कार्किको भनाई छ । मत गणना स्थलमा बार र सिसि क्यामरा जडान गरी तयारी अबस्थामा राखिएको र तालिम पछि मतगणक र राजनितिक दलका प्रतिनिधि पनि मानसीक र शारीरिक रुपमा तयारी हुने भएकाले ढिलोमा चार दिनमा समानुपातिक बाहेकको नतिजा आउनेमा आफु आसाबादि रहेको अधिकृत कार्किको भनाई छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका चार कोठामा एक साथ मतगणना गर्ने तयारी भएको उनले बताए । मतगणनाको पुर्व सन्ध्यामा सदरमुकाम र मतगणना स्थलको सुरक्षा व्यवस्था कडा बनाईएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए ।