रासस/ तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीले एयर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट पक्राउ गरेको हो । उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ । बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।