ताप्लेजुङ/ पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ताप्लेजुङमा मतगणनाको समयलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

सुरक्षा सम्बेदनशिलतालाई मध्य नजर गर्दै सदरमुकाममा सुरक्षा व्यवस्था कडा बनाउनुको साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा जडान भएका मतगणना स्थलमा थप घेराबारा गरीएको छ । मतगणनाको समयमा राजनितिक दलद्धारा र अन्य व्याक्तिबाट कुनै दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर राख्दै गणना स्थलमा काठको फ्रेममा प्लाष्टिकको डोरी प्रयोग गरी बार लागाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । बार बाहिर राजनितिक दलका प्रतिनिधि रहने र भित्र मतगणना गरीने तयरी भएको कार्किको भनाई छ । राजनितिक दलका प्रतिनिधि सँगै उनिहरुलाई निगरानि गर्न सुरक्षा कर्मि पनि राख्ने तयारी भएको छ । मतगणना स्थललाई सिसि क्यामराबाट पनि निगरानि गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए। यता मत गणनाको समय नजिकिदै जाने मुख्य निर्वाचन अधिकृतको कार्यालय आसपासमा हुने गतिविधिलाई नियाल्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए । ताप्लेजुङमा दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको मंसिर २१ गते साँझ ५ बजे देखिनै मतगणना गर्ने तयारी भएको छ । मतगणना चारवटा कोठामा गरीने र प्रदेश र प्रतिनिधिसभाको एकैपटक गनिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । यसैविच मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यमा खटिने दलका प्रतिनिधिलाई समेत मतगणना सम्बन्धी अनुशिक्षण दिने तयारी गरेको छ । निर्वाचनमा सहभागी प्रत्येक दलबाट १० जना सम्मलाई बुधबार (भोली) एकदिने अनुशिक्षण दिइने मुख्य निर्वाचन अधिकृत कार्किले जानकारी दिए ।