– २७ हजार प्रहरी परिचालन, २ सय मतदान केन्द्र अतिसंवेदनशील, १६० जना निर्वाचन विरोधि पक्राउ, ३ सय हतियार संकलन
विराटनगर/मंसिर २१ मा हुने दोस्रो चरणको चुनावको तयारी पूरा भएको छ । प्रदेश १ को मोरङ, झापा, सुनसरी, इलाम, उदयपुर, धनकुटा र तेह्रथुममा प्रतिनिधि र प्रदेश सभाको ६३ पदका लागि ६०२ स्पर्धामा छन् ।
[caption id="attachment_63203" align="alignnone" width="741"]
ग्राफः भाेजराज[/caption]
मंगलबार मतदातालाई परिचयपत्र वितरण सुरु भएको छ । यो क्रम बुधबारसम्म चल्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । २२ लाख ७४ हजार २१६ मतदाताले बिहीबार प्रतिनिधिका २१ जना र प्रदेशसभाका ४२ जना गरी कुल ६३ सदस्यलाई मतदान गर्ने छन् ।
देशको सबैभन्दा बढी मतदाता रहेको मोरङ जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभामा १ सय ८ र प्रदेश सभामा ६१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ५७ जना प्रतिनिधि र प्रदेश सभामा ८४ जना, चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रतिनिधि सभामा ५३ जना र प्रदेशसभामा ९३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा १९ जना प्रतिनिधि र २९ जना प्रदेश सभामा, एकवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभामा ६ जना प्रतिनिधि र १३ जना प्रदेश सभा र एकवटा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ११ जना प्रतिनिधि र १७ जना प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।
२ सय बढी मतदान केन्द्र अतिसंवेदनशिल
१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सात जिल्लाका करिव २ सय बढी मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । केही निर्वाचन हुने जिल्लामा भौगोलिक विकटताका कारण र विषेश गरी खुल्ला सिमाना भएका कारण पनि त्यस्ता मतदान केन्द्रलाई अति संवेदनशीलका रुपमा राखिएको अतिरिक्त महानिरीक्षक उपाध्यायले जानकारी दिए ।
दोस्रो चरणमा चुनाव हुन लागेका सात जिल्लामा ११ सय ६५ मतदान स्थल र २७ सय १८ मतदान केन्द्र रहेका छन् । सुनसरी, मोरङ, झापा र इलाम भारतसँग खुल्ला सिमाना जोडिएका जिल्ला भएकाले धेरैजसो ती जिल्लामा पर्ने मतदान केन्द्रलाई अति संवेदनशिल मतदान केन्द्रका रुपमा राखिएको छ । ती जिल्लाहरुमा चुनाव भाँड्ने र आपराधिक क्रियाकलापमा संलग्न समूह निर्वाचन सुरक्षाका लागि चुनौती हुन सक्ने सुरक्षा निकायको निष्कर्ष छ ।
त्यसका अलवा पहाडी जिल्ला तेह्रथुम, इलाम, उदयपुर र धनकुटा जिल्लामा रहेका कतिपय मतदान केन्द्र भौगोलिक विकटताका कारण अतिसंवेदनशिलका रुपमा वर्गीकरण गरी सोही अनुरुप सुरक्षा प्रवन्ध मिलाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उपाध्यायले जानकारी दिए ।
उनले निर्वाचनका बेला त्यस्ता मतदान केन्द्रमा हेलिकोप्टर मार्फत सुरक्षा गस्तीको व्यवस्था मिलाइएको छ । हेलिकोप्टरमार्फत् नै आवश्यक निर्वाचन सामाग्री पु¥याउने र मतदान सम्पन्न भएसँगै मतपेटिका ल्याउने प्रवन्ध पनि मिलाएको उनले जानकारी दिए । |
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको तथ्याङ्क अनुसार मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको छ । झापामा ५ लाख ८४ हजार २ सय २८, सुनसरीमा ४ लाख ७४ हजार ८ सय ३१, इलाम २ लाख ४ हजार ५०, उदयपुरमा १ लाख ९३ हजार ९१३, धनकुटामा एक लाख ५ हजार १९९ र तेह्रथुममा ६६ हजार ७ सय ४१ जना मतदाताले मतदान गर्नेछन् ।
प्रदेश नम्वर १ मा १४ जिल्ला पर्दछन् । सोलुखुम्बु, संखुवासभामा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा भने पहिलो चरणमा मंसिर १० गते चुनाव भइसकेको छ । अब दोश्रो चरण अन्तर्गत मंसिर २१ मा इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा निर्वाचन हुँदैछ ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार एक नम्बर प्रदेशका कुल २९ लाख ९३ हजार ६ सय ६९ मतदातामध्ये दोस्रो चरणमा चुनाव हुन लागेका जिल्लाहरुमा २२ लाख ७४ हजार २ सय १६ मतदाता छन् ।
चुनावमा २७ हजार प्रहरी परिचालन
१ नम्बर प्रदेशमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि नेपाली सेना बाहेक २७ हजार प्रहरी परिचालन गरिएको छ । सात जिल्लाको लागि नेपाल प्रहरी, सशस्त्र र म्यादी गरी २७ हजार प्रहरी परिचालन गरिएको बताइएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चुनाबको लागि साढे ८ हजार प्रहरी र ११ हजार म्यादी प्रहरी परिचानल गरिएको जानकारी दिएको छ । यसैगरी सशस्त्र प्रहरीले पनि निर्वाचनमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेको सशस्त्र प्रहरी पूर्वी मुख्यालय इटहरीका डिआइजी जानकीराज भट्टराईले जानकारी दिए ।
[caption id="attachment_63205" align="alignright" width="398"]
ग्राफः भाेजराज[/caption]
चुनाव विरोधी गतिविधि गर्ने १ सय ६० जना पक्राउ
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा १ नम्बर प्रदेशबाट प्रहरीले मंगलबार दिउँसोसम्म १ सय ६० जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययका अनुसार मोरङ, झापा, सनुसरी, उदयपुरलगायतको जिल्लाबाहरु नियन्त्रणमा लिएको बताए । उनले भने, ‘सुरक्षालाई मध्यनजर राख्दै निर्वाचनको समयमा नियन्त्रणमा लिएका हौं ।’ ‘निर्वाचन शान्तिपुर्ण र भयरहित बातबरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि कडा पारेका छौं,’ उनले भने, ‘संकास्पथ गतिविधि गरेको देखिए प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछ ।’
३ सय ३ थान बैध हतियार संकलन
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनमा ३ सय ३ थान बैध हतियार संकलन भएको जानकारी दिएको छ । प्रतिनिधि र प्रदशे सभाको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको आदेश अनुरुप नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । प्रहरीले १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरुबाट बैध हतियार संकलन गरेको थियो ।