विराटनगर/निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा १ नम्बर प्रदेशबाट प्रहरीले मंगलबार दिउँसोसम्म १ सय ६० जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख पशुपति उपाध्ययका अनुसार मोरङ, झापा, सनुसरी, उदयपुरलगायतको जिल्लाहरूबाट नियन्त्रणमा लिएको बताए । उनले भने, ‘सुरक्षालाई मध्यनजर राख्दै निर्वाचनको समयमा नियन्त्रणमा लिएका हौं ।’ ‘निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि कडा पारेका छौं,’ उनले भने, ‘संकास्पथ गतिविधि गरेको देखिए प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछ ।’ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनमा ३ सय ३ थान बैध हतियार संकलन भएको जानकारी दिएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको आदेश अनुरूप नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । प्रहरीले १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरूबाट बैध हतियार संकलन गरेको थियो ।