काठमाडौं/ चीनको जु काउन्टीमा एक गाउँले रातारात करोडपति भएका छन् । यी व्यक्तिले बँदेलको मासु खानका लागि काट्दा बँदेलको आन्द्रामा पत्थर जस्तो कुरा भेटे ।

[caption id="attachment_63165" align="alignnone" width="670"] फायल[/caption]

यो अचम्मलाग्दो कुरालाई उनले सम्हालेर राखे । पछि त्यसलाई लिएर उनी शांघाई पुग्दा यो त संसारको बहुमूल्य कुरामध्ये एक रहेको थाहा पाए । ती व्यक्तिको नाम बो चुन्लोऊ हो । शांघाईमा एक विज्ञले चार इन्चको यो पदार्थको मूल्य साढे ६ करोड रुपैयाँ भएको बताए । चुन्लोऊले अब यो वस्तुको लीलाम बिक्री गर्ने भएका छन् । त्यो वस्तुको नाम बेजोआर हो । यो बँदेल र अन्य जनावरको पेटमा बन्छ । यसबाट अनेक किसिमका औषधि र विषबाट बच्ने इन्जेक्सनहरू तयार पार्न सकिन्छ । संसारमा यो वस्तु दुर्लभ भएकाले यसको मूल्य चर्को छ । विज्ञहरूका अनुसार, बेजोआर जनावरको आन्द्रामा भेटियो भने मात्र काम लाग्ने हुन्छ । पेटमा भेटियो भने यसको मूल्य चर्को हुँदैन । एजेन्सी