झापा/ झापाको बिर्तामोड नगरपालिका १ राजमार्गमा आज बिहान ५ बजे सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्।

राजमार्गको पश्चिम बस स्टेनमा पश्चिमतर्फ जाँदै गरेको को १ ह १३८२ नम्बरको सिटीले सोही नगरपालिका बस्ने बर्ष ४० को गोपाल बिकलाइ बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट घाइतेलाइ उपचारकालागी बिर्तामोडस्थित कञ्चनजंघा अस्पताल पठाईएको छ भने चालक र सफारीलाई प्रहरीको नियन्त्रणमा राखिएको अनारमनी प्रहरीले जनाएको छ।

यता मोरङको धनपाल गाउँपालिका ६ स्थित कदमाहा चौकमा सोमवार साँझ मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन्।

बिराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १२ प ४३४१ नम्बरको मोटरसाईकलले साईकलमा सवार सोही ठाउँ बस्ने २० बर्षिय दुखना राजबंशीलाई साँझ साढे ६ बजे ठक्कर दिएको थियो।

ठक्करबाट घाईतेलाई उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।