धरान/नेकपा (एमाले)का सचिव तथा सुनसरी क्षेत्र नम्बर १ (ख)का उमेद्धार भिम आचार्यले देशको बिकास र संबृद्धिको खाका बाम गठबन्धनसँगमात्र भएको बताएका छन् ।
सोमबार धरानको भानुचौकमा आयोजीत अन्तीम चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रीक गठबन्धनको पगरि बेरेका दलहरुले अहिले सम्म नेपाललाई यथास्थीतीमा राखेको भन्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मात्र नेपालमा बिकास सम्भब छ भन्ने सबैले बुझ्न सकेको बताए ।प्रदेस सभा र प्रतिनिधी सभा निर्वाचनमा दुई तिहाई मत बाम गठबन्धनले प्राप्त गर्ने भन्दै उनले अबको पाँच बर्ष भित्रमा देसले बिकासको गति लिने बताए ।
नेपालको लोकतान्त्र र गणतन्त्रलाई भारतको हातमा बुझाउन खोज्ने नेपाली काङग्रेस र लोकतान्त्रीक गठबन्धनका दलहरुले अब यो देशमा बामपन्थीहरुलाई जित्छु भन्ने कल्पना नगर्न समेत उनले सुझाए । कार्यक्रममा बोल्दै एमालेका सचिव योगेश भट्टराईले बाम गठबन्धनले लिएका बिकासको संकल्प नै जनताको चाहाना भएको बताए । उनले अब केन्द्र देखि स्थानिय तह सम्म एमालेको सरकार हुने र पाँच बषर््ा भित्र विकासको नमुना मोडल देखाउने बताए ।
एमालेका पोलिटब्युरो सदस्य पर्शराम मेघी गुरुङले जनताको चाहाना अनुसार नै बाम गठबन्धन भएको भन्दै अब देशमा लोकतान्त्रीक गठबन्धन हराउने दावी गरे ।कार्यक्रममा बोल्दै माओबादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबोले बाम गठबन्धनप्रतिको जनलहर देखेर लोकतान्त्रीक गठबन्धन भन्नेहरु पसिना सरी भएको भन्दै देशको विकास गर्ने एजेण्डा बाम गठबन्धनसँगमात्र रहेको बताए ।कार्यक्रममा बोल्दै धरान नगर सरकारका प्रमुख तारा सुब्बाले देशले फोहोरी राजनितीको खेल भन्दापनि बिकास र संबृद्धि चाहेको भन्दै लोकतान्त्रीक गठबन्धनले देशको बिकास गर्नकै लागि शंकल्प लिएको बताए ।
अबको राजनिती भनेको विकासको प्रतिस्प्रधामा हुनु पर्ने भन्दै जनतालाई झुक्याउने र सधै यथास्थीतीमा राख्ने काम गर्न नहुने स्पस्ट पारे । लोकतान्त्रीक गठबन्धनका गतिबिधीहरुप्रति लक्षित गर्दै उनले बाम गठबन्धनको रिस गरेर नभई राम्रो काम गरेर जनताको विश्वास जित्ने सुझाब दिए ।
सुनसरी १ का प्रतीनिधी सभाका उमेद्धार जयकुमार राईले धरानको विकासको संकल्प लिएर बाम गठबन्धन आएको भन्दै अब धरानले विकासको गति लिन सुरु गरेको बताए ।
स्थानिय सरकारमा एमालेबाट विजयी भएर गएका जनप्रतिनिधीहरुको कार्यबाट जनता उत्साही भएको भन्दै उनले अब स्थानिय,प्रदेस र केन्द्र सरकारसँग सहकार्य गरेर धरानको विकासमा लागिने उनले बताए ।
अहिले राजनितीको एउटा अध्यय अन्त्य भएको छ,अब बिकास र संबृद्धिको आन्दोलन सुरु भएको छ,त्यो आन्दोलन भनेको बाम गठबन्धनलेमात्र पुरा गर्न सक्छ,त्यसैले म बाम गठबन्धनको चुनाब चिन्ह सुर्यमा मतदान गर्न आग्रह गर्छु उनले भने ।सुनसरी १ (क)का उमेद्धार प्रदिप भण्डारीले धरानको विकास र संबृद्धि नै आफुहरुको मिसन भएको बताए ।
धरानले विकासको गति लिई सकेको छ,अब त्यसलाई गति दिने हाम्रो जिम्मेवारी लिदै छौ उनले भने ।धरान विमानस्थल निर्माण,बहुजातीय संग्राहलयलाई एसीयाकै नमुना बनाउने,स्थानिय मातृभाषालाई बिद्यालय देखि क्यामपस लेबर सम्म पठाउन बहुभाषिक बिद्यालय तथा क्यामपस,सर्दु,सेउती,खहरे जस्ता नदीको नियन्त्रण,पाँचकन्या,बिष्णुपादुका जस्ता क्षेत्रको द्रृत विकास आफुहरुको चाहेको भन्दै ती कार्यहरु पुरा गर्ने आफुहरुको जिम्मेवारी भएको बताए ।
‘यहाँ बाहिरबाट आएका पाहुनाले बिकास गर्दैनन्,हामीलाई यहाँको सबै समस्या थाहा छ त्यसैले आफ्नो ठाउ आफै बनाउने जिम्मेवारी हामीले लिन लागेका छौ भण्डारीले भने,अब यहाँहरुले सुर्यमा मतदान गरेर हामीलाई त्यो जिम्मेवारी दिनुहोस् ।
कार्यक्रम मा नेकपा एमालेका तर्फबाट बाम गठबन्धनकालािग निर्वाचन परिचालन समितीका संयोजक प्रकास राईले स्वागत मन्तब्य दिएका थिए भने माओबादी केन्द्रबाट बाम गठबन्धनका लागि निर्वाचन परिचालन समितीको संयोजक भएका अइन्द्रबिक्रम बेघाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।