विराटनगर/ मोरङ क्षेत्र नम्बर ६ बाट बामगठबन्धबाट प्रतिनिधी सभाका उम्मेदवार लालबावु पण्डितले किरातीहरुको महान पर्व उधौली पर्वको अबसरमा साकेला सिली अर्थात चण्डि नाच्न पुगे । विराटनगर – ११ मा रहेको साकेला थानमा किराती सामुदायहरुसँगै हातमा हात मिलाउँदै उनले आइतबारदेखि सुरु भएको उधौली पर्वमा नाचेर साथ दिए । पण्तिलले नाँच्दै साकेला थानमा उपस्थीति भएका सम्पुर्ण किराती समुदायसँग भोट माग्न समेत भ्याए ।
सामान्य प्रशासन मन्त्री भएका बेला डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गरेबापत राष्ट्रिय चर्चा कमाएर लोकप्रिय मानिएका नेता पण्डितले साकेला थानमा गएर पारुहाङ र सुम्नीमासंग आगामी मंसिर २१ गते हुन लागेको प्रतिनीधीसभाको चुनावमा आफ्नो जित हासिल होस भनि आशिबार्द पनि मागे । उनले साकेला थानमा किरातीहरुको प्रसाद ग्रहण गरी सम्पूर्ण किरात धर्मलम्बीहरुलाई उधौली पर्वको शुभकामना समेत दिए । त्यसैगरी क्षेत्र नम्बर ६ का प्रदेश सभा ‘ख’ का बामगठबन्धकै उम्मेदवार रमेश पोखरेल पनि सहभागी थिए । नेपाल बहुजातिय बहु साकृतिक, बहु भाषिक र बहु भाैगोलीक रहेका कारण हामी सबै जातीले विभिन्न पर्व मनाईदै आएका कारण किराती धर्मालम्वीहरुको यो पर्वको सम्पुर्ण किरात समुदायलाई शुभकामना व्याक्त पनि गरे । प्रकृति र पितृको पूजा गरी आईतबार राई, लिम्बु, सुनुवार, याक्खा लगायत किरा“त समुदायको ठूलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्यरुपमा मनाएका छन् । किरा“त समुदायले आफूले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् । परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याक्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला संयुक्त रुपमा मनाएका छन् । किरा“त समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाउने गर्दछन् । पर्वको अबसरमा बिराटनगर–११ मा रहेको साकेला थानमा सबै किरा“त समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किरा“त समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो । उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किरा“त राई यायोख्खा नगर परिषद विराटनगरका अध्यक्ष विष्णु राईले जानकारी दिईन् ।