बिराटनगर । मोरङको उर्लाबारी नगरपालिका र बुढीगंगा गाउँपालिकामा आईतबार भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन्।
उर्लाबारी नगरपालिका-३ स्थित मंगलबारेमा बससको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको को १ ख २६८५ नम्बरको बसले को १५ प ५३३५ नम्बरको मोटरसाईकललाई अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाईकलमा सवार चालक लेटाङ नगरपालिका-९ बस्ने बर्ष-२५ को उमेश मगर र पछाडी सवार निजकै दिदी बर्ष -३५ की अनिता मगर गम्भीर घाईते भएका छन्। उनीहरुलाई उपचारकालागी बिराटनगरस्थित न्यूरो अस्पताल पठाईएको छ।
बस र चालकलाई मंगलबारेको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
यता मोरङकै बुढीगंगा गाउँपालिका ३ मा ट्याक्टरबाट झरेर एक जना घाईते भएका छन्।
कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जावदै गरेको ना ६ त ३९३४ नम्बरको ट्याक्टरमा सवार रहेका मोरङ कटहरी गाउँपालिका पा १ बस्ने बर्ष २३ को महेश दाश ट्याक्टरको डालाबाट अचानक झरेर घाईते भएका हुन्।
साँझ सवा ७ बजे ट्याक्टरबाट खसेर गम्भीर घाईते बनेका दाशलाई उपचारकालागी बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ। ट्याक्टर र चालकलाई निमुवा प्रहरीको नियन्त्रणमा राखिएको छ।