भोजपुरको बालाङ्खा गाविस(हाल आम्चोक गाउँपालिका)मा २०२५ साल भाद्र १२ गते जन्मिएका जयकुमार राई कम्युनिष्ट राजनीतिमा कुनै नौलो नाम होईन । स्कुले जिवनदेखि नै राजनीतिमा होमिएका राई मावितह अध्ययन गर्न धरान आएपछि यहीको स्थायी बासिन्दा भए । उनले कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् ।

राजनीतिक कर्मथलो सुनसरी बनाएका राईले २०४० सालदेखि निरन्तर जनतासँग साक्षात्कार गरिरहेका छन् । विभिन्न सामाजिक संघसंस्थमा आवद्ध भई नेकपा एमालेको सुनसरी जिल्ला कमिटि सदस्य तथा धरान उपमहानगर कमिटि सहइञ्चार्जको महत्वपुर्ण जिम्मेवारीमा रहेका छन् ।

समाज र पार्टीमा पुर्याएको योगदानको मुल्यांकन गर्दै राईलाई संयुक्त बाम गठबन्धनले मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा साझा उम्मेदवार बनाएको छ । उनै उम्मेद्वार राईसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ मंसिर २१ अाउन लागिसक्यो, निक्कै ब्यस्त हुनहुन्छ होला है ? हो नि, मतदाताको घरदैलोमा पुगेर भेटघाट गरिरहेको छु । बाम गठबन्धनबाट प्रतिनिधिसभाको साझा उम्मेदवार हुँ, यही सुनसरी १ क र ख का प्रदेशसभा उम्मेदवारसँग पनि गाउँबस्ती, डाँडापाखामा मतदाताहरु भेट्न हिडिरहेको छुँ । गठबन्धनमा रहेको दुवै पार्टीका समानुपातिकका उम्मेदवारहरु पनि त्यसरी नै ब्यस्त हुनुहुन्छ ।  गएको असारमा स्थानीय तह चुनाव भएको थियो, लगत्तै प्रतिनिधि र प्रदेशसभाको चुनाव हुदैछ, मतदाताहरुलाई भेट्न जादा भोट मात्र कति दिने त भन्दैनन् ? तपाईले भनेजस्तै चुनाव छिटो छिटो भयो । तर पनि जनतामा चुनावप्रति उत्साह भएको नै पाएको छुँ । मतदाताहरुले अब हुन लागेको चुनाव प्रदेश र प्रतिनिधिसभाको सांसद बनाउने चुनाव रहेछ भनेर बुझेका छन् । देश लामो समय संक्रमणकाल र अस्थीर राजनीतिक अवस्थाबाट गुज्रनुपर्दा भनेजस्तो, चाहेजस्तो विकासका कामहरु हुन सकेको छैन ।

सरकार फेरिएको फेरिएै भयो । यसले जनतामा निराशा ल्याएको सत्य हो, तर अब जनताको संविधान आइसकेको छ । देशमा स्थिरता, विकास, समृद्धि ल्याउनकै लागि र संविधानको कार्यान्वयनको लागि यो प्रदेश र प्रतिनिधि सभा चुनाव हुदैछ । यसरी जनतालाई बुझाउदै मत मागिरहेका छौं ।

मतदाताको गुनासाहरु पनि सुनिरहेका छौं । गाउँघर र शहरका मतदाताहरुले ठाउँअनुसार फरक फरक आवश्यकता र मागहरु राखिरहेका छन् । ती सबै कुरालाई मैले राम्ररी बुझेको छु,र मतदाताहरुको गुनासाहरुलाई उम्मेदवारहको रुपमा सकरात्मकरुपमा लिएको छुँ ।  तपाईको प्रतिद्धन्दीको अशोक राईसँग कसैले गुरु चेला, कसैले जुनियर र सिनियर, कसैले हेविवेट र लाइट वेट भनेर टिकाटिप्पणी पनि गरेका छन्, तपाई के भन्नु हुन्छ ? गुरु–चेला, हेविवेट र लाइटवेट मान्ने आधार के हो ? उहाँको आफ्नै राजनीतिक जीवन छ, मेरो पनि आफ्नै छ । पञ्चायतकालमै २०३८ सालमा भोजपुरको शिक्षा ज्योति निमाविमा अनेरास्ववियु प्राक सदस्य, सचिव हुदै म विद्यार्थी राजनीतिबाट आएको मान्छे हुँ ।

अहिले पनि जनताको पक्षमा, न्याय र समानताको पक्षमा, सामाजिक रुपान्तरण र विकासको पक्षमा अनवरत खटिरहेको छुँ । यही ठाउँमा राजनीतिमार्फत समाज सेवा गरेको पनि ३५ बर्ष बढी भइसक्यो । जनताको पक्षमा काम गर्नेहरु को हेभिवेट, को लाइटवेट ? यो त खेलकुदको नियम होला, पोलिटिक्समा लागु हुदैन ।

हामी व्यक्ति लडेको पनि होइन, सिंगो पार्टी, विचार, सिद्धान्त र कार्यक्रमबीचको लडाई हो । मेरो प्रतिद्धन्दी अशोक राई विगतमा एमालेमा हुनुहुन्थ्यो, त्यतिबेला पनि र अहिले पनि उहाँ मेरो लागि आदरणीय व्यक्तित्व नै हुनुहुन्छ । निर्वाचनमा व्यक्तिको लडाई भन्दा पनि एजेण्डाको लडाई हुन्छ । मेरो पार्टी एजेण्डा सहित मैदानमा उत्रिएको छु । आम मतदाताले बुझिहाल्नु हुन्छ ।  सुनसरी १ र स्थानीय चुनाव सधै एमाले र बामपन्थीले जित्दै आएको छ, तपाईका विपक्षीहरुले कम्युनिष्टहरुले यहाँ केही विकास गरेनन् भन्दैछन् । तपाइका विपक्षीले भनेजस्तै हो त ? त्यो सब कांग्रेस र समाजवादी फोरमको हावादारी कुरा हो । धरान, साविक पाँचकन्या, विणुपादुकामा अहिले जे जति विकासका कामहरु भएको छ, त्यो सब एमालेको नेतृत्वमा नै भएको हो । धरान नेपालकै नमुना शहर हुनु, अधिकांश सडक कालोपिच हुनु र व्यवस्थित ड्रेन बन्नु एमालेले जितेपछि नै भएको हो ।

पाँचकन्या जानको लागि सेउती खोलामा पुल बनिसक्यो, खोरियाबस्तीदेखि तल्लो देउराली, माथिल्लो पानबारी हुदै जाने सडकखण्डको सेउतीमा, अधेरी खोलामा पनि टेण्डर आह्वान भइसक्यो । चाडै काम शुरु हुन्छ । तल्लो देउरालीदेखि माथिल्लो पानबारी चोक्टीसम्मको सडक विस्तार र पिच ५ करोड लागतमा निर्माण भयो । धरान १५ सँग र धरान ४, ५ जोड्ने काठेपुलमा पुल निर्माण हाम्रै पहलमा भइरहेको छ । धरानको खानेपानी आयोजना, तीनकुने सुन्दर बस्ती आयोजना र बसपार्क हाम्रो पहल र नेतृत्वमा शुरु भएको हो ।

सभागृह बनायौं, अब व्यवस्थित बनाउदैछौं । धरानको कृर्षि बजार, धरान ३ मा सपिंग कम्प्लेक्स बन्यो । धरानको पहिचान बनेको घण्टाघर हाम्रो नेतृत्व र पहलमा धराने जनताको साथ सहयोगमा बनायौं । मंगलाबारे हुदै विष्णुपादुका पुग्ने सडक बनायौं, विजुली पुर्यायांै र खानेपानी आयोजना सञ्चालन गरेका छौं । विष्णुपादुकाको सबै वडामा सडक ट्रयाक खन्ने काम भएको छ ।

भञ्ज्यांङ जाने सर्दुको पुलमा सर्वे डिजाइन भइसकेको छ, चाडै पुल बन्दैछ । पाँचकन्यामा पनि थुप्रै सडक बनाएका छौं । बहुजातीय संग्रहालयमा बर्षेनी ५० लाख बजेट हामीले दिन शुरु गरेका हौ । सुकुम्बासीहरुलााई व्यवस्थित गर्दै धनीपुर्जा दिन पनि हाम्रो सरकारको बेला शुरु भएको हो, अहिले स्थानीय सरकारले लगत राखेर घर नम्बरींग दिइरहेका छौं । हामीले भन्नुपर्ने थुप्रै कामहरु गरेका छौ, तर जनताले जुन किसिमले आशा गरेका थिए, त्यो गतिमा विकास हुन भने सकेन । यसमा थुप्रै कारण छन्, देश लामो समय द्धन्दमा फस्यो ।

त्यसैलाई आधार बनाउदै ज्ञानेन्द्रले कु गर्यो, र २०६२÷०६३ को जनआन्दोनले निरंकुश राजतन्त्र फालिएपछि पनि देशमा संक्रमणकालले अस्थिरता भइरह्यो । लामो समय संविधान निर्माणमा ध्यान केन्द्रीत गर्नुपर्यो । यस्तो अवस्थामा विकास निर्माणको कामहरु जनताले चाहेअनुरुप हुन सकेन ।

यहाँ हामीले जितेको ठाउँमा मात्र होइन, विपक्षी पार्टीले जितेको ठाउँमा त हामीले जति पनि गरेका छैनन् । यहाँ हामीलाई केही गर्दै गरेन भन्नु जनतामा भ्रम छरेर भड्काउन खोज्नु मात्र हो, तर जनताले कुन पार्र्टीले जनताको विचमा के कति काम गर्छ, राम्ररी बुझेका छन् । विपक्षी गठबन्धनले नयाँ भिजन, नयाँ नेतृत्व भए मात्र विकास हुन्छ भनिरहेका छन्, तपाईको भिजन के हो ? नयाँ भिजन, नयाँ नेतृत्व भनेको के हो ? आफ्नो पार्टीले जित्न सकेन भन्दैमा नयाँ भिजन, नयाँ नेतृत्व नहुने पनि कही हुन्छ र ? यो देशमा जे जति नयाँ भिजन आएको छ, जे जति विकासको मोडल आएको छ, त्यो सबै एमाले र बामपन्थी सरकार हुदा आएको हो ।

कांग्रेसले त २ पटक संसदमा बहुमत पायो, र एकलौटी सरकार बनायो, तर खै के गर्यो ? आफैले नै आफ्नो सरकार ढाल्यो । विकासको साटो नेपालमा भ्रष्टचार मौलायो, स्वदेशी उद्योग कलकारखाना ध्वस्त बन्यो, परनिर्भरता र बेरोजगारी बढायो । देश लामो द्धन्दमा कुन पार्टी र नेतृत्वको कारणले फस्यो ? जनतालाई प्रष्ट थाह छैन र ।

अहिले लोकतान्त्रिक गठबन्धन भन्दैमा जनताले पत्याइ दिएन । जनमत आफुसँग नभएपछि नयाँ भिजन, नयाँ नेतृत्व भन्दै हिडेको हो । नयाँ भिजन, नयाँ नेतृत्व भन्नेहरुलाई यो क्षेत्रको जनताले राम्रारी चिनेका छन्, उनीहरुको भिजन के हो भनेर ।

म आफै पनि युवा हुँ, म पनि नयाँ नेतृत्व नै हुँ । अहिलेसम्म कुनै लाभको पदमा बसेको छैन । हामीले प्रतिवद्धतापत्र मार्फत जितेपछि के गछौं भनेर भनिसकेका छौं, मलाई लाग्छ हाम्रो भिजन उनीहरुको भन्दा राम्रो छ, जनपक्षीय छ, उत्कृष्ट छ ।  सुनसरी क्षेत्र नं १ मा तपाई अथवा बाम गठबन्धनले जित्ने आधार के हो ? म शुरुदेखि नै यही ठाउँमा बसेर राजनीति गर्दै आएको छुँ । त्यसैले यहाँको जनताको, मतदाताको सुख, दुःखमा हरदम साथमा छु । मलाई यो ठाउँको जनता, पाखाभित्ता, खोला नालाको समस्या के हो, के आवश्यकता छ, के गरिदिनुपर्छ भन्ने सबै थाह छ । दुःख,सुखमा सधै हातेमालो गर्दै हिडिरहेको छु ।

अर्को कुरा बाम गठबन्धनले अघि सारेको विकास निर्माण, समृद्धिको एजेण्डाहरु जित्ने आधार हुन् । विगतका निर्वाचन र स्थानीय तह निर्वाचनको परिणाम हेर्दा यो क्षेत्र सधै एमाले, बामपन्थीले जित्दै आएको ठाउँ हो । पुर्वाधार विकासमा पुर्याएको योगदान र संविधान निर्माणमा एमाले, माओवादी केन्द्रले खेलेको अहम भुमिकालाई मध्यनजर गर्दै जनताले मतदान गर्नेमा हामी निश्चिन्त छौं ।  तपाईका मुख्य एजेण्डाहरु के छन् ? म भन्दा पनि बाम गठबन्धनको साझा प्रतिवद्धता पत्रमार्फत एजेण्डाहरु सार्वजनिक गरिसकेका छौं । तर पनि, धरान उपमहानगरपालिकासहितको यो निर्वाचन क्षेत्रलाई प्रदेश नं १ को राजधानी बनाउने मेरो एजेण्डा छ । हावापानी, भुगोल, धार्मिक सहिष्णुता, साँस्कृतिक विविधता, सडकको सञ्जाल र सबै १४ जिल्लाको सहज पहुँच, शिक्षा र स्वास्थ्यको गुणस्तरीय सेवा जस्ता कुराहरुले गर्दा प्रादेशिक राजधानी हुन उपयुक्त छ ।

यहाँ किमाथांकाबाट आउने मानिस र दक्षिण तराईको मानिसलाई पनि कुनै सरकारी काम लिएर आउदा सहजता हुने हावापानी छ । प्राकृतिक सुन्दरता त छ नै, पौराणिक महत्व र ऐतिहासिक महत्वका सबै धर्मिक आस्थाका केन्द्रहरु छन्, स्थानीय सरकारसँग समन्वय गरेर यसको उचित पुर्वाधार विकास र प्रर्वद्धन गरेर पर्यटनबाट आर्थिक विकास गर्ने योजना छ ।

यस्तै, साविक बक्लौरी, भरौल, बराहक्षेत्रलगायतलाई धरानसँग जोड्न, सहज पहुँच बनाउन खोलाहरुमा पुल निर्माण र स्तरोन्नती गरेर पक्की सडक बनाउनेछु । एयरपोट निर्माणलाई प्राथमिकता दिन्छु, अव्यवस्थित सुकुम्बासीहरुलाई घर नम्बरीङ कार्य चाडो सम्पन्न गर्ने र पार्टीको केन्द्रीय घोषणाअनुसार ५ बर्षभित्र कोही पनि घरबारविहिन अव्यवस्थित बसोबास नहुने व्यवस्थाको लागि प्रतिवद्ध भएर लाग्नेछु । सर्दु र सेउतीमा तटबन्धको व्यवस्था गर्छु । बसपार्क निर्माणमा समन्वयकारी भुमिका खेल्नेछु ।

भूपू गोर्खा सैनिकहरुको जायज मागलाई संसदमा उठाउनेछु, बहुजातीय संग्रहलय निर्माण पुरा गर्ने, खेलकुदको शहर बनाउन रंगशाला, कभर्डहल निर्माणको साथै खेलाडीहरुलाई सेवासुविधा दिलाउन पहल गर्नेछु ।

धरानको व्यापार खस्किएको छ, यदि यो क्षेत्रको खोलाहरुमा पुल बनाउने र सडक सञ्जाल बनाएर पुर्व लेटाङ, केराबारी हुदै मेचीनगरसम्म र पश्चिम चतरा, गाइघाट हेटौडा जोड्न सकियो भने फेरी व्यापारिक केन्द्रकोरुपमा चम्किनेछ ।

जोगवनी किमाथांका सडक निर्माण चाडो गराउन पनि मेरो हरसम्भव प्रयास हुनेछ । युवाहरुको बेरोजगारी समस्या हल गर्न केन्द्र, प्रदेशबाट आवश्यक नीति र कार्यक्रम ल्याउनेछु, विदेश पलायन हुनबाट जोगाउन प्राविधिक शिक्षा र विना धितो ऋण उपलब्ध गराउन बिशेष पहल गर्नेछु ।

युवा जनशक्तिलाई सिप दिलाएर कृर्षि क्षेत्रमा लगाउनुपर्छ, यसले बेरोजगारी र युवलाई दुव्र्यसनमा फस्नबाट पनि जोगाउछ । तमोरसम्म सुरुङ मार्गको लागि सम्भाव्यता अध्ययन गराउने मेरो अर्को योजना छ । जलविद्युत उत्पादन गर्ने, तमोरको पानी ल्याएर तराईको खेतीयोग्य जमिनमा सिचाईको व्यवस्था गर्नुपर्छ । सेउती र सर्दुमा बाह्रै महिना पानी बगाउन सके पर्यटकीय आकर्षण बढ्छ र यो क्षेत्रको कायापलट हुन्छ ।

 एजेण्डा त थुप्रै रहेछन्, यी आश्वासन मात्रै होला नि ? उत्तर ः यो आश्वासन होइन, मतदाताको अघि मेरो प्रतिवद्धता हो, वाचा हो । म मात्र होइन सिंगो पार्टी र बाम गठबन्धनको प्रतिवद्धता हो । विगतमा हामीले गरेका कामहरुले पनि देखाउछ, जितेर गए पछि मतदाताको विश्वासलाई तोड्दैनौं । कति कामहरु ५ बर्षमा पुरा नहोला, तर थालनी अवश्यक हुन्छ । अर्को चुनावमा फेरी मतदाताको माझमा परिणाम बोकेरै आउछौं । हामी कहिल्यै झुटको खेति गर्दैनौ । काममा विश्वास गर्दछौ । लेखिएका र बोलका प्रतिबद्धता पुरा गर्ने हाम्रो जिम्मेवारी हो । जनताका लागि काम गर्न जादैछौ । उहाँहरुलाई धोका दिदैनौ ।  तपाई जितमा ढुक्क हुनुहुन्छ ? हो, म ढुक्क छुँ । एक त यो निर्वाचन क्षेत्र एमालेको गढ हो, त्यसमाथि ऐतिहासिक बाम गठबन्धन भएको छ । यो गठबन्धनले हामी मात्र होइन, आम जनता, मतदाताहरु पनि उत्साहित छन् । त्यसैले मेरोमात्र होइन, बाम गठबन्धनकै जित हुनेमा म ढुक्क छुँ । अव वाम गठबन्धनको नेतृत्वमा प्रदेश, केन्द्रमा पनि स्थायी सरकार बन्नेछ, र हामीले वाचा गरेका कुराहरु पुरा गर्नेछौं । त्यसो भएकाले वामगठबन्धनका उम्मेद्वारलाई मतदान गरि सम्मृद्ध नेपाल बनाउने अभियानमा जुट्न सबै मतदाताहरुमा म हार्दिक आग्रह गर्दछु ।