धरान/मुस्लिम धर्मका अन्तिम दुत हजरत मोहम्मद सलल्लाहो अले हो सल्लमको जन्मदिवसको अवसरमा धरानमा मुस्लिमहरुले र्याली निकालेका छन् । हजरतको जन्मदिनमा यो वर्षदेखि सरकारले सार्वजनिक विदासमेत दिएको छ । अन्जुमन इस्लामियाको आयोजनामा धरान–३ जामे मस्जिद परिषरबाट निकालिएको र्याली धरान बजार परिक्रमा गरेको थियो । मस्जिद हुँदै सिंहदेवी चोक, छाताचौक हुँदै भानुचौक, देशीलाइन हुँदै पुनः जामेमस्जिदमा आएर कोणसभामा परिणत भएको थियो । यस अवसरमा मस्जिदमा राति १० बजेसम्म धार्मिक प्रवर्चनको कार्यक्रमसमेत राखिएको सचिव प्रवेज आलमले जानकारी दिए । मुस्लिम सेवा समिति, मुस्लिम युवाहरुको संस्था नेमीको सहयोगमा कार्यक्रम गरिएको थियो । भारतको दरभंगाबाट आएका मौलानाले प्रचवन दिने कार्यक्रम छ ।