धरान/धरान–१५ को त्रिवेणी आमा समूहले देउसीबाट संकलित रकमले ‘सचेतना अभियान’ मा खर्च गरेका छन् ।
[caption id="attachment_62625" align="alignnone" width="979"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरान–१५ का विभिन्न स्थानहरुमा जेब्रा क्रसिङ बनाएर उनीहरुले मानिसहरुलाई सेचतना गराउने प्रयास गरेका छन् । समूहले धरान–१५ को सदन रोड, पिण्डेश्वरी चौक, गोर्खा युनाइटेड एकेडेमी परिषर, बगरकोट, ज्ञानोदय स्कुल, श्यामचोक क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।
समूहकी अध्यक्ष चुङ शेर्पाका अनुसार भीडभाड हुने क्षेत्रहरु, चौबाटो र स्कुल क्षेत्रहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । जेब्रा क्रसिङको अभावमा विद्यालय परिषरमा विद्यार्थीहरुलाई समस्या हुने गरेको उनी बताउँछिन् ।
शिक्षिकासमेत रहेकी शेर्पाले आमा समूहले देउसीबाट संकलित ३० हजार रकमले १५ स्थानमा भन्दा बढी क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको बताइन । ‘यसको उद्देश्य दुर्घटना न्युनिकरण गर्ने पनि हो ।’ उनले भनिन् । धरानमा ओभरस्पिडका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङले देखाउँछ ।
ट्राफिक प्रहरी, धरान उपमहानगरपालिकाको सहयोगमा आमा समूहले आफैले रङ्रोगन गरिरहेका छन् । मंगलबारदेखि यो अभियानमा लागेको समूहले बताएको छ ।