तरहरा/ सुनसरी क्षेत्र नम्वर ३ स्थित इटहरी ९ मा नेपाली काग्रेसको महिलाहरुले गरेको चुनावी सभालाई लक्षित गरी इटहरीमा वम विष्फोट भएको छ ।
वम विष्फोटमा परी एक वर्षिय नावालक वालक सहित ३ जना घाईते भएका छन । घाईते हनेहरुमा स्थानीय धनबहादुर श्रेष्ठ,सम्रिना अधिकारी र नावालक योवन न्यौपाने घाईते भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरन्जिबी दाहालले वताए । इटहरी ९ मा रहेको भलाद्मी टोलमा रहेको कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको श्रीमती निर्मला गच्छदार, क्षेत्रनम्वर ३ क का उम्मेदवार कुमार थापाको श्रीमती शान्ता थापा ,राज्यमन्त्री सुमित्रा विस्वास र पूर्व संसद कल्पना चौधरी लगायतले गरेको कार्यक्रम नजिकै वम विष्फोट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै वमको छर्र्राले जिल्ला सदस्य दिपक ढकालको आखामा पनि चोट लागेको छ । एक प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम स्थल नजिकै एक कोट लगाएको युवाले खाल्डा खन्दै गरेको देखेको वताए । कुन वम कस्ले राख्यो भन्ने विषयमा पत्ता नलागेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।