गोप्य कोड जसले खोल्छ स्मार्टफोनको पोल
- मंसिर १४, २०७४
- ब्लाष्ट खबर
काठमाडौं/ आज हामी स्मार्टफोनको यस्तो कोडका बारेमा बताइरहेका छौं जसले फोनको सबै हिस्ट्री, अहिलेसम्मको युज अनि हार्डवेयर र सफ्टवेयरसहित सबै डिटेल थाहा पाउनुहुन्छ ।
तपाईंको अनुमतिविना कसले तपाईंको फोन कहिलेकहिले र केका लागि प्रयोग ग–यो भन्ने पनि देखाउँछ । यो कोडले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सबै जानकारी पत्ता लगाउन सक्छन् ।
यो कोड *#*#4636#*#* हो । सामसुङबाहेक अन्य सबै एन्ड्रोइड फोनमा यसले काम गर्छ । आईफोनको आईओएस अपरेटिङ सिस्टम भएकाले त्यसमा कोडले काम गर्दैन ।
कोडको विशेषता भनेको फोनमा पछिल्लोपटक कुन एप्स, सेटिङ, मेसेज, फोटो, भिडियो चलाइएको थियो भन्ने सबै जानकारी पाइन्छ । प्रयोगकर्ताले हिस्ट्री डिलिट गरेको भएपनि कोडबाट सबै देखिन्छ ।
फोनबाट *#*#4636#*#* नम्बर डायल गर्नुस् । अन्तिम डिजिट डायल भएपछि नयाँ विन्डो खुल्छ । त्यसमा फोन इन्फर्मेसनका साथै युज अप्सन पनि छ ।
फोन इन्फर्मेसनमा ट्याप गर्दा विन्डो ओपन हुन्छ । त्यसमा फोनका सबै डिटेल आईएमईआई नम्बर, भोइस टाइप, फोन नम्बर, नेटवर्क सबै डिटेल पाइन्छ ।
युजेज स्ट्याटिस्टिक्समा ट्याप गर्दा जुन विन्डो ओपन हुन्छ त्यसमा फोनमा इन्स्टल गरिएको एपको डिटेल हुन्छ । एप युज गरेको पछिल्लो समय र टोटल युज टाइम पनि देखिन्छ ।
एजेन्सी