इलाम/ इलामको सुर्योदय नगरपालिका –६ स्थित तारागाँउमा बुधबार बिहान छुर्पी र नौनी घ्यू बनाउने पाथिभरा फ्याक्ट्रीमा आगलागी भएको छ। बिहान साढे ६ बजे तिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो र पक्की गाह्रो भएको उक्त फ्याक्ट्रीमा आगलागी भएको इलाका प्ररी कार्यालय पशुपतीनगरले जनाएको छ। आगलागीबाट उक्त फ्याक्ट्री लगायत सम्पूर्ण सर–सामान जलेर नष्ट हुँदा अन्दाजी १ करोड मुल्य बराबरको क्षति भएको पिडीतले बताए। आगलागी इलाका प्रहरी कार्यालय पशुपतीनगर, प्रहरी चौकी हर्कटे दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको इलाम प्रहरीले जनाएको छ। त्यसैगरी सोलुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ स्थित क्यामजोमा आगलागी भएको छ। साँझ साढे ६ बजे तिर स्थानीय आईटासी शेर्पाको ढुंगा माटोले बनेको टिनको छानो भएको ३ तले घरमा आगो ताप्ने चिम्नीबाट अचानक आगलागी भएको थियो। आगलागीबाट शेर्पाको घर, नगद, सुनचाँदी लगायत सम्पूर्ण सर(सामान जलेर नष्ट भएको छ। आगलागीबाट क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ। आगलागी प्रहरी, नेपाल आर्मी र स्थानीय मानिसको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।