तेह्रथुम । नेकपा एमालेका केन्द्रिय सचिव योगेश भटराईले अबको ५० वर्षसम्म निरन्तर वामपन्थीले सरकार चलाउने दावी गरेका छन । बामपन्थीहरुको प्रतिपक्षमा वस्ने पालो सकीएको वताउदै सचिव भटराईले प्रतिपक्षमा वस्ने पालो अव नेपाली कांग्रेसको आएको बताए । तेह्रथुमको म्याङलुङमा बुधबार बामगठवन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै सचिव भटराईले नेपालमा कांग्रेसले शासन गर्ने दिन आगामी मसिंर २१ पछि सकीने समेत दावी गरे ।
बामपन्थीहरु एकजुट भएकाले अव नेपाली जनता र नेपालको विकास र समृद्धिको दिन शुरु भएको सचिव भटराईको भनाई थियो । मंसिर २१ पछि नेपालमा कम्युनिष्ट सरकार आउने वताउदै सचिव भटराईले त्यसपछि देशको विकासले गति लिने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक आङबुहाङले अहिलेसम्म तेह्रथुम जिल्ला विकटको रुपमा परिचित भएको भन्दै बामगठवन्धनको जितले पाँच वर्षमा जिल्लाले विकासको कोल्टे फेर्ने धारणा राखे । यहाँको कृषि र पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गरी समृद्ध तेह्रथुम निर्माणमा बामगठवन्धनको सरकार आवश्यक भएको उनले बताए ।
एमालका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार विजय सुब्बाले सवै जातजाती, भाषा, लिङ्ग र समुदायको उत्थानको लागि बामगठवन्धनको जीत हुनु पर्ने धारणा राखे । तेह्रथुमबाट प्रतिनिधि सभाका उम्मेदवार भवानी प्रसाद खापुङले पाँच वर्ष भित्र तेह्रथुम आफैँ आत्मनिर्भर र स्वाबलम्बी बनिसक्ने बताए ।
यसै गरि प्रदेशसभा क्ष्ोत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीले बाम गठवन्धनका उमेदवारले चुनाव जितेमा देशमा राजनीतिक स्थायित्व भै संविधानसभा कार्यान्वयन हुने र जिल्लामा भएका कृषि, पर्यटन, पुर्वाधार विकास, सडक, विद्यूत लगायत क्षँेत्रको विकास हुने बताए । स्थानीय स्रोत साधनको उपयोग गरी तेह्रथुम जिल्लाको, शिक्ष्ााँ, स्वास्थ्य, खानेपानी जस्ता पुर्वाधारको विकास गरी जिल्लालाई आमुल परीवर्तन गर्ने योजनामा आफु र बामगठवन्धन रहेको उमेदवार तिवारीको भनाई छ ।
भेलालाई प्रतिनिधिसभा सदस्य समनुपातिक उम्मेदवार होम कुमारी खापुङ्ग, प्रदेश सभा तेह्रथ्ुम क्षेत्र नम्वर २ का उम्मेदवार तेजमान कन्दङ्वाले तेह्रथुम जिल्लाको विकास र समृद्धिका लागि बामगठवन्धनलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभाका समानुपातिक उम्मेदवार अनुभुतिवम नेपालीले बामगठवन्धनको जित भएमा सामन्ती शोषणका सवै अवशेसहरुको अन्त्यहुने बताए ।