बुधवार साँझ भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको दमक ९ शान्तिमार्ग खण्डमा को ३० प ५१४ नम्बरको स्कुटी र को १७ प ५०९६ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो ।

दुर्घटनामा साइकल यात्रु समेत घाइते भएको दमक प्रहरीले जनाएको छ ।त्यहाँ मोटरसाइकलमा सवार धरमपुर ४ का अर्जुन ठकुरी र स्कुटी चालक दमक ९ की ४३ बर्षीया भद्रकुमारी श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनीहरूको दमक स्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । त्यहाँ साइकल चालकले बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाइ छ ।