भद्रपुर/आउदो मंसिर २१ गते हुने निर्वाचनलाइ मध्यनजर गर्दै झापामा कार्यरत नेपाली काँग्रेस शुभेच्छुक शिक्षकहरुले आधिकारीक धारणासहितको अपिल सार्वजानिक गरेका छन् । विभिन्न क्याम्पसमा अध्यापन गराउर्दै आएका शिक्षकहरुको गठित प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मेची बहुमुखी क्याम्पस इकाइ समिति भद्रपुरले वुधवार भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अपिल सार्वजानिक गरेको हो ।
नेपालको राजनीतिमा एक सय चार वर्षे निरंकुश जहानिया राणा शासन देखि ०७२ सालको संविधान जारी गर्ने सम्मका महत्वपूर्ण राजनैतिक उपलब्धि नेपाली काँग्रेसको नेतृत्वमा भएकोले काँग्रेस उदार लोकतान्त्रिक धार भएको जारी अपिलमा उल्लेख गरिएको छ ।समावेसी लोकतन्त्रको बदला निरङ्कुशतन्त्र हुन नसक्ने भन्दै संघले संविधान कार्यान्वयनको यस निर्वाचनमा परिवर्तित व्यवस्थाको रक्षाका लागि पनि नेपाली काँग्रेसको उपस्थिति बलियो बनाउन आवश्यक भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।हरेक परिवर्तनको नेतृत्व लिएको काँग्रेसलाई पाखा लगाउने बाहनामा परिवतर्न विरोधी अगाडि आउने वातावरण बनिनु नहुने भन्दै संघले आम मतदातालाई आव्हान समेत गरेको छ ।
संघका प्रथम केन्द्रीय उपाध्यक्ष प्रा. डा. पुथ्वीविक्रम राईले परिवर्तनको राजनीति स्थापित भइ नसकेको बर्तमान समयमा आधार शक्ति काँग्रेसलाई पाखा लगाउन खोजिनुले उदार लोकतन्त्रको सुरक्षामा चिन्ता थपिएको प्रष्ट पारे । राइले काँग्रेसको पक्षमा मतदान गरेर उसको विगतको सवल भूमिकाको सम्मान गर्न आम नागरिकलाई आव्हान समेत गरे । संघका इकाई सभापति नेत्रप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राध्यापक देवीप्रसाद आचार्यले प्रष्ट पारेको कार्यक्रमको स्वागत सचिव शुशील खनाल र सञ्चालन तारा खतिवडाले गरेका थिए ।