धरान/सुनसरी गढी गाउँपालिका–४ का धनीराम मोचीको गतवर्ष जाडोले ११ वटा बाख्राका पाठा र माउहरु मरे । करिव २ लाख घाटा बेहोरे ।
[caption id="attachment_62375" align="alignnone" width="766"]
क्याप्सनः बाख्रालाई लुगा । तराईमा सीतलहर पर्ने कारण बाख्रालाई जाडोयाम भरी यसरी नै लुगा लगाइदिने चलन रहेको छ । तस्बिरः भोजराज श्रेष्ठ[/caption]
हरेक जाडो आएपछि उनलाई आफ्नो ज्यान भन्दा पनि बढी बाख्राको चिन्ताले सताउँछन् । बाख्रा बढाएर ऋण तिर्ने सोच बनाएका उनको त्यो क्षतिले निक्कै आहत बनायो । त्यो डरले पनि यो वर्ष जाडो सुरु हुनु पूर्व नै बाख्रालाई जाडोको लुगा सिलाइ दिएका छन् ।
तराईमा जाडोको समयमा चल्ने सीतलहरका कारण बाख्रा मात्रै हैन, मान्छेको नै ज्यान जाने गरेको छ । जाडो सुरु नहुँदै छिमेकी छेदी दासको पनि दुईवटा बाख्रा मरे । एउटा माउ र एउटा पाठा । मोची जस्तै तराईबासीको लागि जाडोमा बाख्राको लागि लुगा ‘सुरक्षा कवच’ झै हुने गरेको छ ।
लुगा लगाइदिने चलन जाडोभरी चल्छ । गर्मी सुरु नहुँञ्जेलसम्म पनि बाख्राहरुलाई यसरी नै लुगा लगाइदिने गरेको मोचीद्वयले बताए ।