भद्रपुर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभा गरी झापा जिल्लामा १५ वटै सिट जित्ने ठोकुवा गरेका छन् ।चुनावी सभालाई सम्बोधन गर्न बुधवार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसंग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले वाम गठबन्धनका कारण चुनाव पछि आउने परिणामले देशमा काँग्रेसको शासनसत्ता मासिने समेतबताएका छन् ।

‘काँग्रेस लोकतन्त्र हो, ‘लोकतन्त्र काँग्रेस हो, भन्दै एउटै परिभाषा लिएर कुदिरहेका काँग्रेस, काँग्रेस सरकार छ भने, देशमा लोकतन्त्र छ, सरकारमा छैन भने लोकतन्त्र छैन भन्दै हिडेको देख्दा अच्चम लागेर आएको उल्लेख गरे । काँग्रेससंग लोकतन्त्रको अभ्यास सम्बन्धि सुशासन, पारर्देशीता, राष्ट्रिय एकता, समाजिक सदभावको कुरा केही नभएकोले काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी भएको आरोप समेत उनले लगाए । अबको चुनावपछि काँग्रेसलाई समाप्त हुनबाट जोगाउनका लागि प्रमुख विपक्षी पार्टीमा राखेर पाँच बर्ष हामीले सिकाउने र सरकार चलाएको देखेर काँग्रेस सर्पिएर आएमा देशको लोकतन्त्र अझ बलियो हुन धारणा राखेका थिए ।

आचारसंहिता उल्लंघन गरेको बिषयमा निर्वाचन आयोगले स्पष्टिकरण मागेको बिषयमा पत्रकारले राखेको जिज्ञासामा उनले मेरो तर्फबाट निर्वाचन आचारसंहिता उल्लघन गर्ने कुनै किसिमको प्रचारप्रसार भएकै छैन । कसले गरायो, कसरी गरियो आफुलाई थाहा नभएको बताउदै म काँग्रेस पार्टी अध्यक्ष होइन, म एमाले पार्टीको अध्यक्ष हुँ, कानुनको राज मानेर हिडँने व्यक्ति भएकोले कानुन उल्लघंन मैले सोच्नु पनि हुदैन, उनले भने ।