धरान/निर्वाचनमा बढी भन्दा बढी मतदाता आउने वातावरण सिर्जना गर्ने खाल्को सूचना सम्प्रेशण गर्न सुनसरीका पत्रकारहरुलाई निर्वाचन आयोग सुनसरीले आग्रह गरेको छ ।
[caption id="attachment_62363" align="alignnone" width="640"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
पत्रकारहरुले आफ्नो आचारसंहितामा रहेर मतदाताहरुलाई मतदान स्थलमा आउने वातावरण सिर्जना गर्न ‘आमसञ्चार र निर्वाचन’ विषयक अन्तरक्रियामा आग्रह गरेको हो । जिल्ला अदालतका न्यायधिस तथा निर्वाचन अधिकृत पुरुषोत्तम भट्टराईले निर्वाचन तयारी अन्तिम चरणमा रहेको बताए । त्यो हिसावले पत्रकारहरुले आफ्नो धर्म निर्वाह गर्दै आचारसंहितामा रहेर सूचना सम्प्रेशण गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा महासंघका उपाध्यष दिलीप थापा मगरले निर्वाचन आयुक्तहरुलाई सूचनामैत्री बनेर पत्रकारहरुलाई सूचना प्रदान गर्न आग्रह गरे । उनले पत्रकारहरुमा पनि पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनावमा खसेको ६५ प्रतिशत मत भन्दा बढी मत खसाउनको लागि भूमिका खेल्न आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला आधिकारी गोपालप्रसाद पराजुलीले जिल्लामा सुरक्षा चुनौति बढेको भए पनि सुरक्षा व्यवस्था नियन्त्रणमा रहेको बताए । उनले भने, ‘चूनौति अवश्य पनि बढेको छ । तर, सुरक्षा व्यवस्था हाम्रो नियन्त्रणमा छ ।’ उनले सुरक्षा सर्तकता अपनाएकोले पत्रकारहरुलाई हुने असुरक्षा भएको बारे जानकारी गराए सुरक्षा दिन आफू तयार रहेको बताए ।
प्रेश काउन्सिलका सदस्य गोविन्द चौलागाईले पत्रकारहरुलाई निर्वाचनको समाचार तथा कुनै पनि सामग्री प्रकाशित गर्दा मर्यादित भएर प्रकाशन गर्न आग्रह गरे । उनले भने, ‘पत्रकारहरुले मर्यादित भएर सामाजिक सञ्जालहरुमा पोष्ट गर्नुस् ।’ त्यसक्रममा निर्वाचन अनुगमन अधिकृत रमा पराजुलीले जसरी निर्वाचन क्षेत्रहरुमा प्रचार सामग्री प्रयोग गरेका छन् त्यसलाई हटाउनको लागि सम्बन्धित पार्टीहरुलाई आग्रह गरिसकेको र पार्टीहरुले पनि प्रतिवद्धता व्यक्त गरिसकेको बताइन् ।
कार्यक्रममा पत्रकारहरुले पनि पत्रकारहरुको आम समस्या र सुरक्षाको विषयमा जिज्ञासा राखेका थिए । महासंघले दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन–२०७४ लाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम राखेको हो । सुनसरीको ४ वटा निर्वाचन क्षेत्रमा ४ लाख ७४ हजार ८३१ मतदाताहरु रहेका छन् । यो स्थानीय तहको निर्वाचन भन्दा करिव ५३ हजारले बढी हो । जसमा ५२७ वटा मतदान केन्द्रहरु छन् ।